You are viewing the translated version of अनुसूची-२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा.
Schedule 2
अनुसूची-२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
अनुसूची -२
(दफा ७ को उपदफा (२) सँग सम्बन्धित)
शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
१. निर्यात हुने वस्तु : वस्तुको आपूर्ति देहाय बमोजिम भएको छ भन्ने कुरा प्रमाणित भएमा :-
(क) निर्यात गरेको, वा
(ख) नेपाल बाहिर गन्तव्य स्थान भएको अन्तर्राष्ट्रिय उडानमा स्टोरको रूपमा राखिएको, वा
(ग) नेपाल बाहिर गन्तव्य स्थान भएको अन्तर्राष्ट्रिय उडानमा खुद्वा बिक्री वा आपूर्ति वा. उपभोग गर्नका लागि राखिएको ।
२. नेपालबाहिरको व्यक्तिलाई आपूर्ति हुने सेवा :
(क) नेपालभित्र बसोबास भएको व्यक्तिले नेपालमा कुनै व्यावसायिक कारोबार, व्यावसायिक प्रतिनिधित्व वा कानूनी रूपमा मान्य: प्रतिनिधि नभएको नेपाल बाहिरका व्यक्तिलाई आपूर्ति गरेको सेवा,
(ख) नेपालभित्र- बसोबास भई दर्ता भएको व्यक्तिले नेपाल बाहिर बसोबास भएको व्यक्तिलाई गरेको वस्तु वा सेवाको आपूर्ति।
३. नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक सुविधा प्राप्त व्यक्ति वा नियोगले तथा महसुल सुविधा प्राप्त कूटनीतिक नियोगमा कार्यरत व्यक्तिले पैठारी गर्ने वस्तु तथा सेवा।
४; - साविकको कुनै सन्धि वा सम्झौतामा पैठारी गर्दा बिक्रीकर छुट प्रदान गरिएको भए सम्बन्धित आयोजनाको सिफारिसमा ती सन्धि वा सम्झौता बहाल रहेसम्म दर्ता भएका करदातासँग स्थानीय खरिद गरेमा त्यस्तो आपूर्तिमा शून्य दरको सुविधा प्रदान गरिनेछ।
५. प्रचलित कानून बमोजिम स्थापना भएको विशेष आर्थिक क्षेत्रमा सञ्चालन भएको उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उत्पादित सामान।
६. जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने मेशिनरी औजारहरु र तिनका पार्टपूर्जा, यन्त्र उपकरणहरू, पेनस्टक पाईप वा सो बनाउन प्रयोग हुने फलामे पाता स्थानीय उद्योगबाट उत्पादन हुने भई सोही उद्योगबाट सम्बन्धित आयोजनामा सोझै वा सो आयोजनाका ठेकेदारमार्फत आयोजनालाई आपूर्ति गर्ने भएमा लगानी बोर्डको स्वीकृतिमा सञ्चालन हुनेको हकमा सो बोर्डको, वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको स्वीकृतिमा सञ्चालन हुनेको हकमा सो केन्द्रको र अन्य आयोजनाको हकमा विद्युत विकास विभागको सिफारिसमा: विभागले तोकेको प्रक्रिया बमोजिम सो उच्योगलाई सो कारोबारमा शून्य दरको सुविधा प्रदान गरिनेछ ।
७. घरेलु तथा साना उद्यमीहरूले स्वदेशमा उत्पादन गरेका मूर्तिकला, चित्रकला, वास्तुकला र त्यस्तै प्रकारका अन्य हस्तकलाहरूका सामान नेपालका स्वीकृत निर्यात गृह (एक्सपार्ट ट्रेडिङ्ग हाउस). मार्फत विदेश निकासी गरेमा त्यस्ता सामान उत्पादन गर्दा प्रयोग भएका कच्चा पदार्थमा तिरेको मूल्य अभिवृद्धि कर विभागले तोकेको प्रक्रिया पूरा गरेपछि फिर्ता दिइनेछ।
८. अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने स्कुटर पैठारी वा स्थानीय खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर त्यस्तो स्कुटर यातायात व्यवस्था कार्यालयमा निजको नाममा दर्ता भएको अवस्थामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा पैठारी गर्दा तिरेको मूल्य अभिवृद्धि कर सम्बन्धित भन्सार कार्यालयबाट र स्थानीय खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर आन्तरिक राजस्व विभागबाट फिर्ता गरिनेछ। त्यसरी फिर्ता गरिएको मूल्य अभिवृद्धि कर अपाङ्गता भएका व्यक्ति बाहेक अन्य व्यक्तिलाई बिक्री गरेमा असुल गरिनेछ ।
९. नेपाल सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति लिई सम्पन्न भएको द्विपक्षीय वा बहुपक्षीय सम्झौता बमोजिम नेपालमा आयोजना सञ्चालन गर्ने सिलसिलामा आवश्यक पर्ने स्वीकृत मास्टर लिष्ट बमोजिमका मेशिनरी, उपकरण र निर्माण सामग्री स्वदेशी उद्योगबाट उत्पादन हुने भई सोही उद्योगबाट सम्बन्धित आयोजनामा सोझै वा सो आयोजनाको ठेकेदारमार्फत आपूर्ति गर्ने भएमा त्यस्तो आपूर्तिमा . विभागले तोकेको प्रक्रिया बमोजिम त्यस्तो उद्योगलाई सो कारोबारमा शून्य दरको सुविधा प्रदान गरिनेछ।
१०. वातावरण विभागको सिफारिसमा स्वदेशी उद्योगबाट उत्पादन हुने विद्युतीय सवारीमा प्रयोग हुने उपशीर्षक ८५०७.२०.०० मा पर्ने डिप साइकल लिड एसिड ब्याट्री। "